Comments Add Comment

चाँगुनारायणको मत गणना अझै सुरु हुन सकेन

७ जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मत गणनाका क्रममा भएको विवाद मिलाउन बसेको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ ।

बैठकले कुनै ठोस् निर्णय नगरेपछि विवादपछि रोकिएको मत गणना सुरु हुन सकेको छैन । बिबाद मिलाउन सर्बदलीय बैठक बसेको भएपनि एमाले बाहेकका दलहरुले पुनः वडा नं. १ बाट मत गणना सुरु गर्नुपर्ने माग राखेपछि कुनै सहमति हुन नसकेको हो ।

बैठकमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भोजराज शर्मा, प्रमुख जिल्ला अधिकारी  दाेर्ण पोखरेल सबै राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आइतबार सहमति नभएपछि बैठक पुनः सोमबार बस्ने जनाइएको छ ।

यसअघि निर्वाचनका कर्मचारीहरु र दलहरुले जाडेको मत फरक परेपछि विवाद हुँदा मतगणना रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment