Comments Add Comment

चितवनको खैरहनीमा एमाले पूर्वसभासद चौधरी मेयरमा निर्वाचित

४ नगरपालिका जितेर एमाले बन्यो ठूलो पार्टी, माओवादी-कांग्रेस बराबर

८ जेठ, चितवन । चितवनको खैरहनी नगरपालिकामा मेयर-उपमेयरसहित नेकपा एमालेले बहुमत वडामा आफ्नो बर्चश्व कायम गरेको छ ।

मेयरमा नेकपा एमालेका पूर्वसभासद लालमणी चौधरी १० हजार ७१७ मत मत प्राप्त गरी बिजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया १० हजार ७५१ मतका साथ बिजयी भएकी छन् ।

मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र चौधरीले ९ हजार ७३७ मत प्राप्त गरेका छन् भने उपमेयरमा कांग्रेसकै सुशीला उप्रेतीले ९ हजार ८८८ मत प्राप्त गरेकी छन् । नगरपालिकाका १३ वडामध्ये ७ वडा एमाले र ६ वडा कांग्रेसले जितेको छ ।

खैरहनीको मतपरिणाम सार्वजनिक भएसँगै अब चितवनमा भरतपुर महानगरपालिका बाहेक सबै स्थानीय तहको परिणाम आइसकेको छ । पूर्वी चितवनका चारओटै नगरपालिकामा एमालेले बिजय हासिल गरेको छ । जिल्लाको एक महानगरपालिका, ५ नगरपालिका र एक गाउँपालिकामध्ये एमाले ४ नगरपालिका जितेर पहिलो पार्टी बनेको छ ।

त्यस्तै माओवादीले माडी नगरपालिका जितेको छ भने कांग्रेसले इच्छाकामना गाउँपालिकामा अध्यक्ष जितेको छ ।

भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवालीले करीब ३ हजारको अग्रता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment