Comments Add Comment

‘पर्व’को भव्य प्रियिमर, हेर्नेले भने-‘उत्कृष्ट प्रस्तुती, तर मुटु दह्रो बनाएर जानुहोस्’


‘काले दाई काले दाई’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘पर्व’को काठमाण्डौको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ । जेठ १२ गते शुक्रबारबाट रिलिज हुने यो चलचित्रको प्रिमियरमा ५ सय अतिथीलाई निमन्त्रणा गरिएको थियो । जसले गर्दा, बेलुकी साढे ५ बजेसँगै बीग मुभिजमा चलचित्रकर्मी, पत्रकार, व्यवसायीहरुको भीड लागेको थियो ।

टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । निकिता पौडेल र सुवास गिरी यसका निर्माता हुन् ।

चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । राजेश श्रेष्ठले खिचेको चलचित्रमा कोशिशकै कथा छ ।

चलचित्र ‘पर्व’ हेरिसकेपछि अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुती, छायांकन र ब्याकग्राउन्ड म्यूजिक र निर्देशनको प्रशंसा गरेका थिए ।
अधिकांशले चलचित्रको कथावस्तु नयाँ भएको भन्दै दर्शकलाई मुटु दरिलो बनाएर हलमा जान आग्रह गरे । उनीहरुले, नेपालमा यस्तो प्रकारको मेकिङ यस अगाडि नदेखिएको प्रतिक्रिया दिए । केहीले चलचित्रका विभिन्न दृश्यमा डर लागेको भन्दै यसलाई निर्देशकको सफलता भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment