Comments Add Comment

रञ्जुले खादा लगाइदिएपछि मेयर शाक्यले भने- मिलेर काम गरौं

विद्यासुन्दर शाक्य र रन्जु दर्शना

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्वाचित मेयर विद्यासुन्दर शाक्यलाई विवेकशील पार्टीकी उम्मेदवार रन्जु दर्शनाले खादा ओढाउँदै बधाई दिएकी छिन् ।

शाक्यलाई बधाई दिन रन्जु आइतबार बिहान राष्ट्रिय सभागृह पुगेकी थिइन् । बधाई ग्रहण गर्दै शाक्यले सबैसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएको रन्जुले जानकारी दिइन् ।

रन्जुले अनलाइनखबरसँग भनिन्, ‘हामी महानगरको पहरेदार भएर काम गर्नेछौं । काठमाडौंवासीको हितमा हुने काममा समर्थन गछौं र अहित हुने काममा खबरदारी गर्छौं ।’

मेयर शाक्यसँग फेरि भेटेर विस्तृत कुरा गर्ने योजना रहेको उनले बताइन् । रन्जुले ‘नगरवासीको साथी महानगरपालिको पहरेदार’ भन्ने सोचका साथ नगरवासी र महानगरपालिकाबीच पुलको काम गर्ने उल्लेख गरिन् ।

‘अबको पाँच वर्ष हामी काठमाडौंवासीसँग भिजेर काम गर्नेछौं । काठमाडौंलाई सुन्दर नगरी बनाउन आफ्नो तर्फबाट योगदान पुर्‍याउनेछौं,’ उनले भनिन् ।

रन्जुले अबका केही दिन फेरि काठमाडौं महानगरमा घरदैलोमा हिँड्ने बताएकी छिन् ।

चुनाव सकिएपछि घरदैलो गर्नुको कारणबारे उनले भनिन्, ‘हाम्रो नगरवासीसँगको सम्वन्ध चुनावसम्मका लागि मात्र होइन, चुनावपछि पनि हामी यो सम्वन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment