Comments Add Comment

इलाममा माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्यायो

१९ जेठ, इलाम । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

माओवादी केन्द्र इलाम जिल्ला कार्यालय सचिव जीवन शर्माका अनुसार चार नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवार टुङ्गो लागेको हो ।

उम्मेदवारी घोषणासँगै प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका साथै कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका छन् । माओवादीले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी यसअघि नै घोषणा गरिसकेको छ ।

माओवादी केन्द्रले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा प्रेम नाछिरिङ राई र उपाध्यक्षमा भूमिका तामाङ, माईजोगमाई गाउँपालिकाको अध्यक्षमा देवी शिवाकोटी र उपाध्यक्षमा सङ्गीता थामी, सूर्योदय नगरपालिकाको प्रमुखमा छवि राई र उपप्रमुखमा टीका घिमिरे (राई) को उम्मेदवारी घोषणा गरेको हो ।

यसैगरी, रोङ गाउँपालिकाको अध्यक्षमा नवराज कट्टेल र उपाध्यक्षमा अञ्जना लेप्चा, माई नगरपालिकाको प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापा, चुलाचुली गाउँपालिकाको अध्यक्षमा तुला लावती र उपाध्यक्षमा धनमाया पोखरेलको उम्मेदवारी घोषणा भएको हो ।

यस्तै, फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा राजकुमार थापा र उपाध्यक्षमा लक्ष्मी मुखिया, देउमाई नगरपालिकाको प्रमुखमा रामकुमार राई र उपप्रमुख शान्ता बस्नेत तथा इलाम नगरपालिका प्रमुखमा छविलाल आचार्य (प्रभाष) र उपप्रमुखमा प्रेमकुमारी गुरुङको उम्मेदवारी घोषणा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment