Comments Add Comment

च्याउ खोज्न जाँदा हात्तीको आक्रमणबाट मृत्यु

१९ जेठ, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-४ का रथी मेचे छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले दिएको जानकारी अनुसार स्थानीय चौकीबिराम हरियाली सामुदायिक वनमा विहान ३ बजे च्याउ खोज्न जाँदा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

मेचेको शवलाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल, भद्रपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment