Comments Add Comment

बजेटले निजी क्षेत्रलाइ सम्बोधन गर्न सकेनः अध्यक्ष राणा


२१ जेठ, गोरखा । अहिलेको बजेटले निजि क्षेत्रलाइ सम्बोधन गर्न नसकेको उद्योग बाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले बताएकी छिन् ।

गोरखा उद्योग बाणिज्य संघ गोरखाको बिधान संशोधन बिशेष साधारणसभा तथा बहुउदेश्यीय भवन उद्घाटन समारोहलाइ सम्बोधन गर्दे राणाले निजी क्षेत्रको धेरै कुरालाइ बजेटले समेटन नसकेको बताएकी हुन् ।

‘निर्वाचन आचारसंहिता लागू भएर पनि होला तर निजी क्षेत्रका धेरै पक्षहरु छुटेका छन् बजेटमा,’ उनले भनिन् ।

कार्यक्रममा बोल्दै राणाले जिल्लाको आर्थिक समृद्धिमा लाग्न गोरखा उद्योग बाणिज्य महासंघलाइ आग्रह गरिन् । आर्थिक समृद्धि र विकास अहिलेको आवश्यकता रहेको बताउँदै राणाले जिल्लाका सम्भावनालाइ आर्थिक रुपमा परिचालन गरी आर्थिक समृद्धिमा जुट्न आग्रह गरेकी हुन् ।

त्यसका लागि सहयोग गर्न महासंघ तयार रहेको उनले बताइन् । बिकास र समृद्धि निजि क्षेत्र र सरकारको साझेदारीमा मात्र सम्भव हुने उनको भनाइ छ ।

उद्योग बाणिज्य महासंघको गतिविधि सुस्त भएको भन्दै राणाले युवा परिचालन गरी दक्ष युवा जनशक्ति उत्पादनका लागि अभियान शुरु गर्ने तयारीमा रहेको उनले बताइन् ।

राणाले गोरखा उद्योग बाणिज्य संघले बनाएको बहुउद्देश्यीय भवनको पनि उद्घाटन गरेकी छिन् । करिब एक करोडको लागतमा उक्त भवन निर्माण भएको थियो ।

त्यस्तै संघले निर्माण गर्ने तयारी गरेको सभाहल निर्माण गर्नका लागी उनले ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment