Comments Add Comment

समस्याग्रस्त वित्तीय संस्थाले तीन महिनामा फर्काएका १३ करोड निक्षेप


२१ जेठ, काठमाडौं । समस्याग्रस्त वित्तीय संस्थाको सूचीमा परेका ९ वटा संस्थाले तीन महिनाको अवधि (माघ, फागुन र चैत) मा निक्षेपकर्ताको १३ करोड रुपैयाँ फिर्ता गरेका छन् ।

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्रिष्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स रहेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको भने पछिल्लो वित्तीय तथ्यांक उपलब्ध हुन नसकेको भन्दै राष्ट्र बैंकले पुसको तथ्यांक नै प्रयोग गरेको छ ।

समस्याग्रस्त हुनु अघि १० अर्ब ६३ करोड निक्षेप रहेको यी संस्थाले चैतसम्ममा भने २ अर्ब ३७ करोड रुपैयाँ मात्र फर्काउन बाँकी छ । बिसं २०६८ देखि २०७१ सालको बिभिन्न अवधिमा समस्याग्रस्त घोषणा भएका यी संस्थाले ८ अर्ब २६ करोड बराबरको रुपैयाँ फिर्ता गर्न सफल भएका हुन् ।

नेपाल सेयरले ४७ करोड, क्रिष्टलले २७ करोड, कुवेरले १४ करोड, क्यापिटलले ८४ करोड, वल्र्ड मर्चेन्टले ११ करोड, नारायणीले २० करोड, नेपाल फाइनान्सले ८ करोड, कपोरेटले ८ करोड (पुससम्ममा) र ललितपुर १५ करोड रहेको छ ।

यी संस्थाले व्यक्तिगत लगानीकर्तालाई ४० करोड ८८ लाख रुपैयाँ फिर्ता गर्न बाँकी छ । त्यस्तै, संस्थागत लगानीकर्तालाई १ अर्ब ३० करोड फर्काउन बाँकी रहेको हो । रकम भुक्तानीसँगै यो अवधिमा २ सय २६ निक्षेप खाता बन्द भएका छन् । हाल यी संस्थामा ६४ हजार ४ सय ४९ संख्यामा निक्षेप खाता रहेका छन् ।

हाल यी संस्थाको औसतमा ९७.७३ प्रतिशत खराब कर्जा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment