Comments Add Comment

कालो मोसोको पीडा भुल्न कैलालीका जिशिअले गरे कार्यकक्षमै ग्रहशान्ति !

२२ जेठ, कैलाली । तस्वीरमा देखिएको स्थान हो- कैलाली जिल्ला शिक्षा कार्यालयका प्रमुखको कार्यकक्ष । जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमै पुरोहित बोलाएर ग्रहशान्ति गराइँदै गरेको दृश्य तस्वीरमा देख्न सकिन्छ ।

कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नै कार्यकक्षमा ब्राम्हणद्वारा ग्रहशान्ति पूजा लगाएका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले भ्रष्टाचारीको आरोप लगाउँदै विष्टलार्इ कालोमोसो दलेका थिए ।

शुक्रबार कालोमोसो दलिएपछि जिशिअ विष्ट तनावमा देखिएका थिए ।

सामाजिक रुपमा लज्जित महशुस गरेका जिशिअ बिष्टले ग्रहशान्तिका लागि आइतबार कार्यालयमै हवन गरेका हुन् ।

जिल्ला शिक्षा अधिकारी विष्टसँग सम्पर्क गर्दा कार्यकक्षमै ग्रहशान्ति पूजा गरेको स्वीकारेका छन् । तर, यो हरेक वर्ष गरिने नियमित पूजाकै निरन्तरता भएको पनि उनले बताए ।

जिशिअले हरेक वर्षकै निरन्तरता बताए पनि यसअघि कार्यकक्षमै हवन गरेको भने थाहा नभएको एक जना कर्मचारीले अनलाइनखबरलार्इ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment