Comments Add Comment

पत्रकार महासंघ हुम्ला अध्यक्षमाथि आक्रमण

नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली आवाजमा कार्यरत पत्रकार अर्जुन वोहरामाथि आक्रमण भएको छ । आक्रमणकारीले रेडियो स्टेशनमा समेत तोडफोड गरेका छन् ।

मानसरोवर उच्च माध्यामिक विद्यालयका शिक्षकको टोलीले रेडियोको स्टेशनमै पुगेर आक्रमण गरेका हुन् ।

ट्युसन शुल्क नदिएको भन्दै शिक्षक अमरबहादुर शाहीको नेतृत्वमा आएको टोलीले रेडियोमा तोडफोड गरेको बताइएको छ ।

आक्रमणबाट बाहोराको टाउकोमा चोट लागेको छ भने समाचार कक्षमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेलिफोन सेटलगायतमा सामग्रीमा क्षति पुगेको छ ।

प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रेस सेन्टर नेपाल ६ नं. प्रदेशले आक्रमणको निन्दा गरेको छ । सेन्टरका ६ नं. प्रदेश अध्यक्ष धु्रवविक्रम वुढाथाकीले दोषिमाथी कडा कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment