Comments Add Comment

इंग्ल्याण्डले अष्ट्रेलियालाई हरायो, बंगलादेश सेमिफाइनलमा

२८ जेठ, काठमाडौं । आयोजक इंग्ल्याण्डले च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियालाई ४० रनले हराएको छ । यो हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने शुक्रबार न्यूजिल्याण्डमाथि ५ विकेटको शानशनीपूर्ण जित हात पारेको बंगलादेशले इंग्ल्याण्डसँगै सेमिफाइनलमा स्थान बनाएको छ ।

बर्मिंघममा खेलिएको खेल बर्षाले प्रभावित भएको थियो र डकवर्थ लुइस नियमका आधारमा निर्णय लिइएको थियो ।

अष्ट्रेलियाका लागि यो खेल गर या मरको अवस्थामा थियो । इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २७७ रन बनायो ।

उसका लागि ट्रेविस हेडले ७१ रन बनाए भने एरोन फिन्चले ६८, कप्तान स्टिभ स्मिथले ५६ रन बनाए ।

जवाफमा मैदान उत्रिएको इंग्ल्याण्डको सुरुवात राम्रो रहेन । ओपनर जेसन रोय ४ र एलेक्स हेल्स शुन्यमै आउट भए । जो रुट पनि १५ रनमा नै पभेलियन फर्किएपछि घरेलु टोली इंग्ल्याण्डले ३५ रन बनाउँदा ३ विकेट गुमाएको थियो र केही दबावमा देखिएको थियो ।

तर, बेन स्टोक्स र इयान मोर्गानले चौथो विकेटका लागि १५९ रनको साझेदारी गर्दै पारी सम्हाले । मोर्गान ८७ रनमा रनआउट भए भने स्टोक्स टिकिरहे र १०८ बलमा शतक पुरा गरे ।

इंल्याण्डाको पारीको ४१ औं ओभरमा पानी परेपछि खेल रोकियो, जतिबेला उसको स्कोर ४ विकेटमा २४० रन थियो । त्यसपछि खेल सुरु हुन सकेन र डीएल मेथडका आधारमा घरेलु टोली ४० रनले विजयी घोषित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment