Comments Add Comment

रोनाल्डोको जरिवाना साढे ५ घण्टाको कमाइ !

८ चैत, काठमाडौं । इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग फुटबलमा नकारात्मक गोल सेलिब्रेसन गरेको भन्दै युईएफएले २० हजार युरो जरिवाना गराएको छ ।

च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका रोनाल्डेले मड्रिडका प्रशिक्षक डिएगो सिमोनको नक्कल गर्दै गोल सेलिब्रेसन गरेका थिए । जसमा खेलपछि मड्रिडले आपत्ती जनाएको थियो ।

सिमोनले युभेन्टससँगको पहिलो लेग २–० ले जितेको बेला गरेकै सेलिब्रेसन रोनाल्डोले नक्कल गरेका थिए । अनुशासन विपरीत काम गरेको भन्दै युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफएले सिमोनलाई पनि २० हजार युरो नै जरिवाना तिराएको थियो ।

रोनाल्डोले अन्य ब्राण्डलाई छाडेर युभेन्टसबाट मात्रै आउने रकमलाई हेर्दा २० हजार युरो झण्डै साढे ५ घण्टामा कमाइरहेका छन् ।

किनभने, उनले युभेन्टसमा एक सिजनमा ३ करोड १० लाख युरो लिन्छन् । त्यसैले महिनामा उनको झण्डै २४ लाख १० हजार युरो लिन्छन् । हप्तामा झण्डै ६ लाख २ हजार, दिनमा झण्डै ८६ हजार, घण्टामा झण्डै साढे ३ हजार र एक मिनेटमा झण्डै ५९ युरो कमाउँछन् । त्यसैले युभेन्टसमा झण्डै साढे ५ घण्टामा उनको जरिवाना रकम पूरा हुन्छ ।

२० हजार युरो रोनाल्डोका लागि ठूलो रकम नभए पनि यसले आगामि दिनमा उनलाई सजग बनाउने फुटबल पण्डितहरु बताउँछन् ।

रोनाल्डोलाई क्वार्टरफाइनलमा आयाक्सविरुद्धको एक खेल प्रतिबन्ध हुन सक्ने खबर आइरहेका बेला जरिवाना मात्रै तिराइएकाले उनलाई राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment