Comments Add Comment

माओवादी नेताको प्रश्नः कति पटक चुनाव सार्दा राजपा आउँछ ?


३० जेठ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भित्रभित्रै चुनाव सार्ने कसरत भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उनले कति पटक सारेपछि राजपा आउँछ भनेर प्रश्न गरेका छन् ।

प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव अस्वीकार भएपछि राष्ट्रिय जनता पार्टीले चुनाव विथाल्ने भन्दै आन्दोलन घोषणा गरेको छ र, तराई मधेसमा बन्द गरेको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले मंगलबार ट्वीट गरेका छन्, ‘चुनाव सार्न कसरत गर्नेहरुले प्रष्ट गरुन् । कति पटक सारेपछि राजपा आउँछ ? ग्यारेन्टी के छ ? अनि मध्य असारको चुनाव अझ सारेर कहिले गर्ने ? खेलवाड किन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment