Comments Add Comment

बिग्रिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक को मृत्यु

२ असार, काठमाडौं ।  सिराहको लहान नगरपालिका-१२ मा बिग्रिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गको किनारामा टायर पन्चर भई रोकी राखेको स.१ त १९५९ नम्बरको ट्याक्टरको पछाडि बा.३६ प ४८९५ नम्बरको मोटरसाइकल बिहिबार ठोक्किदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय सञ्जित साहको मृत्यु भएको हो ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको फ्रेण्डस मोडल अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय देवकुमार ठाकुर र १९ वर्षीय बालकृष्ण चौधरीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्वन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment