Comments Add Comment

फोरम लोकतान्त्रिकले टुंग्यायो कैलालीका स्थानीय तहमा उम्मेदवार

२ असार, कैलाली । नेपाल लोकतान्त्रिक फोरमले कैलालीका स्थानीय निकायमा आफ्नो उम्मेदवारहरुको टुंगो लगाएको छ ।

फोरमका राष्ट्रिय अध्यक्ष बिजय कुमार गच्छदारद्वारा हस्ताक्षर गरिएको उम्मेदवारहरुको नामावली शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

कैलाली जिल्लाको १३ स्थानीय तहमध्ये ११ वटामा फोरमले उम्मेदवार टुंगो लगाएको हो । चुरे र मोहन्याल गाउँपालिकामा बाहेक अन्य सबै तहमा उम्मेदवार टुंगो लगाएको फोरमले टीकापुर नगरपालिकाको प्रमुखमा लौटन चौधरी र उपप्रमुखमा सुदेशनी चौधरीलाई अगाडि सारेको छ ।

त्यस्तै लम्कीचुहा नगरपालिकामा अरुणकुमार चौधरी र धनदेवी चौधरी, घोडाघोडी नगरपालिकामा चन्द्र कुमार चौधरी र चैतीदेवी विश्वकर्मा, गौरीगंगा नगरपालिकामा खुशीराम चौधरी र शारदा चौधरी, गोदावरी नगरपालिकामा शारदा के.सी. र मणिराम चौधरी र भजनी नगरपालिकामा केवल चौधरी र धनबासी चौधरीलाई प्रमुख तथा उपप्रमुखमा टुंगो लगाएको छ ।

फोरमले सात नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिकाको प्रमुखमा प्रेम बि.सी. र उपप्रमुखमा दुर्गा कुश्मीलाई अगाडी सारेको छ ।

त्यसैगरी कैलारी गाउँपालिकामा कलेशु चौधरी र गीतादेवी चौधरी, जोशीपुर गाउँपालिकाकामा विरुप्रसाद चौधरी र किरण चौधरी, बर्दगोरिया गाउँपालिकामा बिर बहादुर डगौरा थारु र कृष्ण कुमारी चौधरी र जानकी गाउँपालिकामा प्रदीप कुमार चौधरी र उमा महतोलाई प्रमख र उपप्रमुखको रुपमा मैदानमा उतारेको छ ।

फोरमका केन्द्रीय सह-अध्यक्ष भानुराम चौधरीको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले अरुपार्टीहरुसँग मिलेर सहकार्य गर्न सक्ने भन्ने विषयका कारण उम्मेदवार छनौटमा ढिलाई भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment