Comments Add Comment

आर्थिक समाचार: भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण आजदेखि

७ असार काठमाडौं । सरकारले १४ जिल्लाका एक हजार पाँचसय भूकम्प पीडितलाई बुधवारदेखि ट्याक्सि नम्बर प्लेट वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभाग ललितपुरको च्यासल फुटबल ग्राउण्डमा सर्वसाधारणकै उपस्थितीमा गोला प्रथा गरी तीन दिनसम्म नम्बर वितरण गर्न लागेको हो । अन्नपूर्ण पोष्ट दैनिकले भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण आजदेखिलाई मुख्य समाचार बनाएको छ ।

एभरेस्ट र नेसनलको सेयर कारोबार रोकलाई पनि अन्नपूर्णले लेखेको छ । तिब्बत एयरलाइन्सको काठमाडौं उडान सुरुलाई उल्लेख गरेको अन्नपूर्णले कतारमा नेपालीलाई समस्या छैनलाई पनि लेखेको छ ।

स्थानिय निकायलाई खुद्रे आयोजना साउनभित्रै हस्तान्तरणलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । निगमले भुटान एयरलाइन्सको जहाज भाडामा लिनेलाई पनि कारोबार दैनिकले लेखेको छ । हवाई भाडा घटाउन चीनसँग मागलाई पनि कारोबारले लेखेको छ ।

तातोपानी नाका छिट्टै खुल्नेलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । कतार जाने कामदार ४० प्रतिशत घटेलाई पनि उल्लेख गरेको छ । तीन कम्पनीलाई मोबाइल वालेट सञ्चालन अनुमतिलाई पनि नागरिकले लेखेको छ ।

सरकारी अनुदानमा ढिलाइले कृषि बीमामा असरलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । तामाकोशीको शेयरमा ढिलाइलाई पनि अभियानले लेखेको छ ।

भूकम्पपीडितलाई गोलाप्रथाबाट नयाँ ट्याक्सीलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । मलेशियामा किन अलपत्र पर्छन धेरै नेपालीलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment