Comments Add Comment

किरण केसीको जन्मदिनमा को-को भए सम्मानित ?


अन्तरराष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका उपाध्यक्ष एवं हाँस्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसर पारेर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा लोकदोहोरी गायक रामप्रसाद खनाललाई सम्मान गरिएको थियो । यस्तै, सम्मानित हुनेहरुमा पत्रकार विजयरत्न तुलाधर, कलाकार लय संग्रौला, रमेश केसी र राज केसी रहेका थिए ।

यो कार्यक्रममा दुई सय भन्दा बढी चलचित्रकर्मी, पत्रकारको उपस्थिती थियो । कलाकार केसीले हरेक बर्षको असार १५ गते दही चिउरा खाने कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment