Comments Add Comment

धनकुटामा नयाँशक्तिले खाता खोल्यो, नगरपालिकाको वडाध्यक्ष विजयी

१६ असार, धनकुटा । धनकुटा नगरपालिकाको वडाध्यक्ष पदमा जित हात पारेर बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले जितको खाता खोलेको छ ।

धनकुटा नगरपालिकाको वडा नम्बर ३ मा एमालेका उम्मेदवारलाई हराउँदै नयाँ शक्ति पार्टीले जित हात पारेको हो ।

वडा नम्बर ३ बाट वडाध्यक्ष पदमा नयाँ शक्ति पार्टीका विकास घिमिरेले २९० मत ल्याएर जितेका छन् ।

घिमिरेका निकटतम प्रतिद्वन्द्वी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment