Comments Add Comment

कृष्ण सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपाको जित


१९ असार, झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपाले खाता खोलेको छ ।राप्रपाले मुलुककै होचो स्थानको रुपमा चिनिएको झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा जित निकालेको हो ।

राप्रपाबाट उम्मेदवार बनेका अन्जार आलम ५८१६ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३८० मतअन्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित गरे ।

उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवार निनसरी राजवंशी विजयी भएकी छिन् । उनले ५७९२ मत ल्याइन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै गीता ओडारी खरेललाई ७०० मतअन्तरले पछि पारेकी थिइन् ।

अध्यक्षमा निर्वाचित आलम मुस्लिम आयोगका सदस्य थिए । निर्वाचनमा सहभागी हुन उनले त्यहाँबाट राजीनामा दिएका थिए । उनी ०५४ सालमा भएको स्थानीय निर्वाचनमा झापा जिल्ला विकास समितिको निर्वाचित सदस्य पनि हुन् । पार्टीमा उनी राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनको केन्द्रीय सचिव र राप्रपाको केन्द्रीय परिषद् सदस्यको जिम्मेवारीमा थिए । उनी स्थानीय स्तरमा पनि विभिन्न सामाजिक संघसंस्थाहरुमा संलग्न थिए । गाउँमा उनी अत्यन्तै मिलनशार र सहयोगी व्यक्तित्वको रुपमा चिनिन्छन् ।

उपाध्यक्षमा विजयी भएकी राजवंशी महिला अधिकारको पक्षमा वकालत गर्र्दै आएकी थिइन् । उनी महिला हिंसाविरुद्धको अभियानमा जिल्लाको दक्षिणी क्षेत्रका महिलाहरुमा अगुवाई गर्दै आएकी थिइन् ।
उनी पार्टीकी जिल्ला कमिटी सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment