Comments Add Comment

राससको सेवालाई गुणस्तरीय र व्यावसायिक बनाइनुपर्ने

२४ असार, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का पत्रकारको दक्षता र कार्य क्षमता अभिवृद्धि गराउने उद्देश्यले आयोजित चार दिने ‘रासस अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । रासस परिसरमा भएको अभिमुखीकरणमा पत्रकारिता क्षेत्रका १६ जना विज्ञहरुले राससको सेवालाई गुणस्तरीय र व्यावसायिक बनाउनेबारे प्रशिक्षण दिएका छन् ।

उनीहरुले अहिलेको सन्दर्भमा राससको महत्वलाई बुझेर आधुनिक प्रविधिमैत्री बनाइ यस संस्थाको छुट्टै पहिचानको रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रशिक्षणमा प्राध्यापक तथा राससका पूर्वअध्यक्ष पी खरेल, राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेत, प्रा रामकृष्ण रेग्मी, भाषा अभियन्ता डा बलदेव अधिकारी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, अनलाइनखबरका सम्पादक अरुण बराल र पत्रकार मोहन मैनालीको प्रस्तुती थियो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्ले, सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराई, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, प्रशासन प्रमुख सोमनाथ लामिछाने, प्रधानसम्पादक राजु शाक्य, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाल, अङ्ग्रेजी समाचार शाखाका प्रमुख दीपराज सन्याल र अन्तर्राष्ट्रिय समाचार शाखाका प्रमुख एकराज पाठकले प्रशिक्षण दिएका छन् ।

अभिमुखीकरणको समापन गर्दै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले चार दिने अभिमुखिकरणबाट पाएको ज्ञान र सीपलाई व्यावहारिक प्रयोग गरेको खण्डमा राससको सेवा अझ गुणस्तरीय र व्यावसायिक बन्ने विश्वास व्यक्त गरे ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको सेवालाई गुणस्तर, विश्वसनीय र समयसापेक्ष बनाउन विज्ञहरुबाट आएको सुझाव आगामी दिनका लागि मार्गदर्शक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment