Comments Add Comment

गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

श्रीलंकातर्फ उड्नु अघि विमानभित्र गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मी ।

२७ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ श्रीलंका प्रस्थान गरेका छन् । सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी मंगलबार श्रीलंका प्रस्थान गरेका हुन् ।

बैठकमा मन्त्री शर्माले नेपालको समसामयीक गतिविधी, प्रगति र प्राप्त उपलब्धि संस्थागत गर्न भैरहेका कदमबारे जानकारी गराउनेछन् ।

बैठकमा आतंकवाद, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार, लागुऔषध ओसारपसार, साइबर क्राइम लगायत विषयमा पनि छलफल हुने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले भने, ‘अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने भन्नेबारे छलफल हुनेछ । बिभिन्न स्तरका क्राइमहरु जस्तै लागुऔषध, आतंकवाद लगायतका विषयहरुमा छलफल हुने एजेन्डाहरु छन् ।’

मन्त्री शर्माको साथमा गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता दीपक काफ्ले र स्वकीय सचिव गोपाल शर्मा ‘अनल’ श्रीलंका गएका छन् । मन्त्री शर्मा सहितको टोली आउँदो ३० गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment