२७ असार,विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आजवाट पद बहाली गरेका छन् ।
पदबहाली लगत्तै एक सय दिन भित्र विराटनगर महानगरका खाल्डा खुल्डी पुर्ने, तीन वर्षभित्र विराटनगरलाई हिलो र धुलोबाटमुक्त गर्ने, सामाजिक सुरक्षा भत्तालाई सहज र प्रभावकारी बनाउने र विराटनगर महानगरपालिकालाई मोतिया विन्दु रहित बनाउने योजना मेयर पराजुलीले अघि सारेका छन ।
उनले १ सय दिन भित्रै डुवानको समस्या हल गरी भएका खाल्डा खुल्डी पुर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले एडिबी परियोजनामा निर्माणको काम अघि बढिरहेको योजनालाई तीन वर्ष भित्रै सम्पन नगरी नगर क्षेत्रमा सबै तिर पक्की सडक निर्माण गरी सक्ने समेत वताए ।
त्यसैगरी निजी अस्पालको सहकार्यमा निःशुलक मोतिया विन्दूको शल्याकि्रया गरी नगरलाई मोतियाविन्दू मुtm शहर बनाउने अभियान चलाउने पनि जानकारी दिए ।
सामाजीक सुरक्षा भत्तालाई सबै वडा मार्फत घर घरमा पुर्याउने योजना समेत उनले सुनाए ।
भष्ट्राचामुtm नगर बनाउन पराजुलीले विषेश कार्यक्रम लिएर अगाडि बढ्ने सोच समेत रहेको बताएका छन् ।
विराटनगर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार पदभार तथा शपथ ग्रहण गराइएको हो ।
जिल्ला निर्वाचन कार्यलय मोरङले विराटनगरमा कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
प्रतिक्रिया 4