Comments Add Comment

कांग्रेसद्वारा नगर कार्यपालिकाको चुनाव बहिस्कार


२९ असार, डोटी । स्थानीय तह चुनाव अन्तरगत बिहीबार सम्पन्न दिपायल सिलगढी नगर कार्यपालिकाको चुनावमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकलौटी गरेको भन्दै नेपाली कांग्रेसले बहिस्कार गरेको छ ।

निर्वाचन सुरु गर्दा नेपाली कांग्रेसको प्रतिनिधि समेत नराखेर मुचुल्का उठाई मतदान सुरु गरेको भन्दै बहिस्कार गरिएको दिपायल सिलगढी नगरपालिकाका मेयरका उम्मेदवार बिजय सिंह खड्काले बताए ।

‘हाम्रा साथीहरुले उम्मेदवारहरु आएपछि हामी सल्लाह गरेर प्रतिनिधि दिन्छौं भनेर सल्लाह गर्न बाहिर निस्केको बेलामा पारी एकाएक मतदान सुरु गरियो’ पत्रकार सम्मेलनमा बोल्दै खड्काले भने, ‘त्यसकारण हामीले यो चुनाव बहिस्कार गरेका छौं ।’

पत्रकार सम्मेलन अघि कांग्रेस कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृत बिरुद्ध नाराबाजी गर्दै अदालत परिसरबाट बाहिरिएका थिए ।

कांग्रेसले निर्वाचन प्रक्रिया बदर गरी नयाँ निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएको छ ।

कुनै एक पार्टीसंगको मिलेमोतोमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकलौटी हुने गरी निर्वाचन गरेको खड्काको आरोप छ ।

पत्रकार सम्मेलनम नेपाली कांग्रेस डोटीका सचिव वीरेन्द्र शाहले न्यायाधिश संलग्न भएको ठाउँमा लोकतन्त्रको उपहास भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment