Comments Add Comment

उपभोक्तालाई सुरक्षित निर्माणको परामर्श दिँदै शिवम् सिमेन्ट

३० असार, काठमाडाैं। नेपालको अग्रणी सिमेन्ट ब्राण्ड शिवम् सिमेन्टले ग्राहकलाई सुरक्षित निर्माण परामर्श दिन सुरु गरेको छ । शिवम् सिमेन्टले हालै सार्वजनिक गरेको २० बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिने अफर अन्र्तगत यतिबेला कम्पनीले राजधानीका मुख्यमुख्य हार्डवेयर पसल अगाडि स्टल नै खडा गरेर सुरक्षित निर्माण बिधिबारे ग्राहकलाई जानकारी दिइरहेको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा सम्झौता गर्नु हुँदैन भन्दै शिवम्ले राजधानीका ५० भन्दा धेरै हार्डवयेर पसल अगाडी स्टल खडा गरी त्यहाँ प्रतिनिधि नै राखेर परामर्श दिन सुरु गरेको हो ।

जुनसुकै सिमेन्ट प्रयोग गरे पनि ग्राहकलाई सुरक्षित निर्माण बिधिबारे जानकारी दिने उदेश्यले यस्तो अभियान थालिएको कम्पनीले जनाएको छ ।

शिवम सिमेन्टले यसअघि नै दक्ष प्राबिधिक टोली निर्माणस्थलमै पठाई दिएर प्राबिधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क प्रदान गर्ने सेवा सुरु गरिसकेको छ ।


यो अभियान अन्र्तगत निर्माणकर्ताले शिवम् सिमेन्टका अनुभवी र दक्षप्राविधिक टोलीमार्फत सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थको परीक्षण गर्ने, निर्माण कार्यबारे प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामाग्रीको मिश्रण तथा कार्यक्षमताको विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सही तरिकाबारे जानकारी प्राप्त गर्ने तथा आवश्यकताअनुरुप अन्य प्राविधिक ज्ञान लिनका लागि निर्माणस्थलमै विज्ञ प्राविधिक टोलीलाई बोलाई विज्ञ सेवा लिन कम्पनीका प्रतिनिधिहरुले ग्राहकलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment