Comments Add Comment

कुमार सानु घुमे चन्द्रागिरी

१ साउन, काठमाडौं । भारतका चर्चित गायक कुमार सानुले चन्द्रागिरीको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरे ।

कन्र्सटका लागि नेपाल आएका ५९ वर्षीय कुमार सानुलाई चन्द्रागिरीमा चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए ।

सानुले चन्द्रागिरी भ्रमण बारे प्रतिक्रिया दिँदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुशी भएको बताए । साथै चन्द्रागिरी हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment