Comments Add Comment

जंगली बँदेलको आक्रमणबाट एकको मृत्यु, ३ जना घाइते

१ साउन, दार्चुला । जंगली बँदेलको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

लेकम गाउँपालिका वडा नम्बर ३ मकन्नाकी ४६ वषर्ीया धानादेवी जोशीको जंगली बदेलको आक्रमणबाट मृत्यु भएको हो । लुगा धुन घर नजिकैको खोलामा गएको बेला जंगली बदेलको आक्रमणबाट घाइते जोशीको उपाचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बँदेलकै आक्रमणबाट खेतमा काम गरिरहेका कृषकहरु समेत घाइते भएका छन् । घाइते हुनेमा शंकरदत्त जोशी, जगदीशराम दमाई र विशन जोशी छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment