Comments Add Comment

मर्चेन्ट बैंकरको चुक्ता पुँजी अधिकत्तम ७ करोडसम्म, सबै काम गर्नेलाई २० करोड

३ साउन, काठमाडौं । मर्चेन्ट बैंकर (धितोपत्र व्यवसायीहरु)ले अब आफुले गर्दै आएको काम अनुसार चुक्तापुँजी पुर्याउनु पर्ने भएको छ ।
मर्चेन्ट बैंकरले सेयर निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतीकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको रुपमा काम गर्न पाउछन् ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा पहिलो संशोधन गरेर संस्थागत परामर्शदाता सम्बन्धि काम गर्न सक्ने व्यवस्था समेत थपिदिएको हो ।

नयाँ व्यवस्था अनुसार अब निष्काशन तथा बिक्री प्रबन्धक मात्र काम गरेमा न्यूनतम चुुक्ता पुँजी ५ करोड हुनुपर्नेछ भने धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) को काम गर्दा ७ करोड रुपैयाँ पुँजी हुनुपर्नेछ ।

सेयर रजिष्ट्रारको काम गर्नेको ३ करोड, लगानी व्यवस्थापकको काम गर्नेको ५ करोड र संस्थागत परामर्शदाताको काम गर्नेको ३ करोड हनुपर्नेछ । एकभन्दा बढि काम गर्नेले भने काम अनुसार चुक्ता पुँजी बढाउदै जानु पर्छ । सबै काम गर्नेले भने पुँजी २० करोड पुर्याए हुन्छ ।

संस्थागत परामर्शदाताको रुपमा काम गर्न चहाने मर्चेन्ट बैंकरले संगठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवा प्रदान गर्न सक्ने भएका छन् ।

त्यस्तै, संशोधित नियमावलीले धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) ले प्रत्याभुति (अण्डरराइटिङ्ग) गर्दा अन्तिम लेखा परीक्षण भएको नेटवर्थको पाँच गुणासम्म प्रत्याभुती दिन सक्नेछ । लगानी व्यवस्थापकले भने अन्तिम लेखा परीक्षण भएको नेटवर्थको दश गुणासम्म प्रत्याभुति (अण्डरराईटर) वा लगानी व्यवस्थापन गर्न सक्नेछ ।

त्यस्तै, मचेन्ट बैंकर सञ्चालन गरिरहेका बैंकहरु मर्ज भएमा मर्चेन्ट बैंकरहरु पनि मर्ज गर्नुपर्ने, मर्चेन्ट बैंकरले आफुले धारण गरेको सेयर बिक्री गनुपर्दा धितोपत्र बोर्डमा अभिलेख गराउनुपर्ने,सेयर बिक्री प्रबन्धकको कार्य गरेवापत १ लाखभन्दा कम सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । सेयर बिक्री प्रबन्धक कार्यमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै यस्तो व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment