Comments Add Comment

धनगढी उपमहानगरमा ठेला व्यवसायीको कर दोब्बरले बृद्धि


३ साउन, कैलाली । धनगढी उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षमा नगर क्षेत्रभित्र रहेका ठेला ब्यबसायको कर दोब्बरले बृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा प्रत्येक ठेलाबाट दैनिक १० रुपैयाँ उठाउँदै आएको उपमहानगरपालिकाले चालु अर्थिक वर्ष ०७४/०७५ मा बढाएर २० रुपैयाँ पुर्‍याएको छ ।

घरपरिवार चलाउन दैनिक सडकमा धुलो खाएर ब्यापार गर्दै आइरहेका साना व्यवसायीहरुले भने उपमहानगरपालिकाले बढाएको करले ब्यापार व्यवसाय नै धरापमा पर्ने भन्दै कर नबढाउन अनुरोध गरिरहेका छन् ।

उपमहानगरपालिकाले दोब्बरले कर बढाएपछि ब्यबसायीहरुले कर बृद्धि निर्णय फिर्ता लिन माग गरेका छन ।

सडकमा बसेर ब्यापार गरेर जिविकोपार्जन गरिरहेकाहरुले उपमहानगरपालिले कर बढाएर उठिबास लगाउन खोजेको आरोप लगाएका छन ।

जनप्रतिनिधि छानेर पठाउदासमेत जनतालाई कर बढाएर दुःख दिएको ठेला व्यवसायी रविन्द्र सापकोटाले बताए ।

त्यस्तै धनगढी चौराहा आसपासमा ठेलामा मकै पोलेर गुजारा चलाइरहेकी ६५ वर्षीया नन्दा सदाले एक्कासी कर बढाउँदा समस्या हुने बताइन् ।

धनगढी उपमहानगरपालिकाले नगरक्षेत्र भित्र रहेका ठेला ब्यबसायहरुबाट कर उठाउने जिम्मा धनतारा निमार्ण सेवालाई दिएको छ ।

गत आर्थिक वर्षमा वार्षिक ५ लाख ८० हजारमा ठेक्का पाएको उक्त निर्माण कम्पनीले दैनिक १० रुपैयाँ उठाउने गरेकोमा चालु आर्थिक बर्षमा ठेक्का रकम समेत दोब्बर बनाई ११ लाख २ हजारमा ठेक्का पाएको उक्त निर्माण कम्पनीले दैनिक २० रुपैयाँका दरले कर उठाउने गरेको कम्पनीका धनबहादुर विकले बताए ।

धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखापरिक्षक लेखनाथ ओझाले राजनीतिक दलका संयन्त्र लगायत कर निर्धारण समितिले कर निर्धारण गरेर करको दायरा बढाएको बताए ।

उनले उपमहानगरपालिकाले निर्धारण गरेको कर वैज्ञानिक भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment