Comments Add Comment

‘भूइँमान्छे’ गीतमा यसरि पोखियो रमेश र सिपोराको पीडा


लास चिर्ने मान्छेको कथामा तयार भएको चलचित्र ‘भूइँमान्छे’को नयाँ गीत सार्वजनक गरिएको छ । ‘पर्दा भो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारद्धय रमेश वुढाथोकी, सिपोरा गुरुङ र सहिन प्रजापतिलाई फिचर गरिएको छ । यो गीतमा शिव परियारको स्वर, महेश पौडेलको शब्द, जुगल डंगोलको संगीत छ ।

नवराज बुढाथोकीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन् । यो चलचित्र भदौ २ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

फरक कथावस्तुमा निर्माण भएका कारण पनि यो चलचित्रलाई दर्शकले प्रतिक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment