Comments Add Comment

राजपा कति समावेशी ? ८१५ केन्द्रीय सदस्यमा दलित ३ प्रतिशत

आदिवासी जनजाति ७, मुस्लिम साढे ८ प्रतिशत

४ साउन, काठमाडौं । तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधनसँगै समानुपातिक समावेशीको मुद्दा अघि सारेको छ । तर, राजपा आफैंमा भने कति समावेशी होला ?

राजपा, नेपालले हालै मात्र दल दर्ताका क्रममा निर्वाचन आयोगमा ८१५ केन्द्रीय सदस्यको नाम बुझाएको छ । त्यसलाई विश्लेषण गर्दा राजपा आफैंले पनि समावेशी सिद्धान्त आत्मसाथ गर्न नसकेको देखिएको छ ।

रापपाको केन्द्रीय समितिमा आदिवासी जनजाति ८७ जना मात्रै छन्, जुन कुल सदस्यको ७ प्रतिशत मात्र हो ।

यस्तै दलित समुदायबाट २६ जना अर्थात ३ प्रतिशत मात्रै छन् । मुस्लिम समुदायबाट ६९ जना अर्थात ८.५ प्रतिशत छन् । महिलाको संख्या १२९ छ, जुन कुल सदस्य संख्याको १६ प्रतिशत मात्रै हो ।

पार्टी जनजाति

 

दलित मुस्लिम महिला अन्य कुल
तमलोपा १९ ९ % ७ % १९ ९ % ३५ १७ % १२६ ६१ % २०५
सद्भावना २० १२ % ३ % १५ ९ % २२ १३ % १०६ ६३ % १६८
तमसपा ५.३ % .७ % १७ १३ % २० १५ % ८६ ६६ % १३१
रामसपा २१ २१% ८ % ८ % २८ २८ % ३६ ३५ % १०१
नेसपा १७ १० % ४ % ५ % १७ १० % ११२ ७० % १६०
फो. गणतिन्त्रक ६ % ० % ४ % १४% ३८ ७६ % ५०
राजपा ८७ १०.६७ % २६ ३ % ६९ ८.५ % १२९ १६ % ५०४ ६२ % ८१५

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment