Comments Add Comment

काबुलमा कार बम विष्फोट, २४ जनाको मृत्यु

९ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार कार बम विष्फोट हुँदा २४ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् ।

गृहमन्त्रालयका प्रवक्ता नजीब डेनीश साई डेनिसले घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरे ।

प्रहरीका अनुसार यो आत्मघाती आक्रमण हो र, विष्फोट पदार्थले भरिएको कारभित्रै रहेको व्यक्तिले आफैलाई बमले उडाएको थियो ।

यो आक्रमण पश्चिम अफगानी संसद सदस्य मोहम्मद मोहाकिकको घर नजिकै भएको थियो । उनी अफगानिस्तानकी पीपुल्स इस्लामिक यूनिटी पार्टीका संस्थापक पनि हुन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

घटनास्थल आसपास शिया हजारा समुदायको बसोबास छ । पहिले पनि शिया हजारा समुदायलाई लक्षित गरी आक्रमण भएको थियो । करिब एक वर्ष अघि यसै क्षेत्रमा भएको विष्फोटमा शिया समुदायका दर्जनौं व्यक्ति मारिएका थिए ।

अफगानिस्तानमा गत मे महिनाको अन्त्यमा भएको बम आक्रमणमा १५० जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्र सहायता मिसन (यूएनएएमए)को रिपोर्टअनुसार अफगानिस्तानमा पछिल्लो ६ महिनामा भएका आतंकवादी आक्रमणमा १ हजार ६ सय ६२ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ५ सय भन्दा बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment