Comments Add Comment

प्रचण्डलाई हराएका केसी बने खेलकुद मन्त्री

११ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी कांग्रेस नेता राजन केसीले पाएका छन् । उनले आजै सपथ ग्रहण गरेका छन् ।
नेकपा एमालेको तर्फबाट राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्त भएका केशव कुमारविष्टसँगको तालमेल नवनियुक्त खेलकुद मन्त्री केसीको प्रमुख चुनौति हुनेछ । कांग्रेसका मन्त्री र एमालेका सदस्यसचिवबीचको सहकार्यले नेपाली खेलकुदको भविश्य निर्धारण गर्नेछ ।२०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गरी सांसद निर्वाचित भएका केसी नेपाली कांगेसको कोटाबाट मन्त्री भएका हुन् ।

यसअघि माओवादी केन्द्रको कोटामा युवराज लामा सदस्य सचिव र एमालेका मन्त्री पुरुषोत्तम पौडेल खेलकुद मन्त्री हुँदा दुईबीच आरोप प्रत्यारोप नै चलेको थियो । बर्खास्तीमा परेपनि अदालतबाट थमौती लिएका लामा र पौडेलबीचको व्यक्तित्वको लडाईंले खेलकुद धरासायी बनेको थियो ।

नवनियुक्त खेलकुद मन्त्रीका लागि आगामी वर्ष नेपालमा हुने दक्षिण एशियाली खेलकुद खेलकुदको १३औं संस्करणको तयारी त्यस्तै नेपाल क्रिकेट संघको निलम्बन फुकुवा प्रमुख जिम्मेबारी हुन्छन् । त्यस्तै भूकम्पले क्षति पुगेको खेलकुद पूर्वाधारको पुनर्निर्माण पनि नयाँ मन्त्रीका चुनौति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment