Comments Add Comment

रामपुरको कृषि क्याम्पस कालिका नगरपालिकामा सारिने

१५ साउन, चितवन । चितवनको रामपुरमा सञ्चालन हुँदै आएको त्रिवि अन्र्तगतको कृषि क्याम्पस कालिका नगरपालिकामा सञ्चालन गर्ने तयारी भएको छ ।

रामपुरमा कृषि तथा वनबिज्ञान विश्वविद्यालय स्थापना भएपछि त्रिविको कार्यक्रम यहाँबाट फेजआउट भएको छ । दुई विश्वविद्यालय बीच सहमती पछि त्रिविले रामपुरमा इन्जिनियर क्याम्पस सञ्चालन गर्ने र जिल्लाकै अन्य स्थानमा कृषि क्याम्पस सञ्चालन गर्ने सहमति भएको थियो ।

५० वर्षदेखि रामपुरमा सञ्चालन हुँदै आएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानलाईसरकारले कालिका नगरपालिकाको गैरीबारी क्षेत्रमा संचालन गर्ने तयारी गरेको छ । यस क्षेत्रको करिब ४ सय विगाहा जमिनमा संस्थान संचालन गर्ने योजना छ ।

कालिका नगरपालिकाकै शक्तिखोर क्षेत्रको २ हजार विगाहा जमिनमा औद्योगिक क्षेत्र निर्माण गर्ने र सो भन्दा उत्तरतर्फ क्याम्पस संचालन गर्ने तयारी भएको हो ।

कालिका नगरपालिकामा आयोजित जिल्ला र नगरस्तरीय राजनीतिक दल एवम् नगरपालिकाका जनप्रतिनिधिहरु र संस्थानका प्रमुख एवम् प्रतिनिधिहरुबीचको छलफलले पदमपुरमा रहेको ५ विगाहा जमिनसहितको शहीद स्मृति क्याम्पसको भवनमा कक्षा संचालन गर्न सकिने निश्कर्ष निकालिएको हो ।

यसका लागि शहीद स्मृति क्याम्पससँग समन्वय गर्ने अस्थायी रुपमा कक्षा संचालन गर्न दिन अनुरोध गर्ने समेत निर्णय भएको थियो ।

गैरीबारी क्षेत्रमा तत्काल क्याम्पस संचालन गर्न भवनको संरचना तथा पूर्वाधार तयार गर्नुपर्ने भएकोले त्यस अगाडि कक्षा संचालन गर्न कालिका नगरपालिकामा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको शाखा भवन पदमपुरमा संस्थानको कक्षा संचालन गर्ने पहल सुरु भएको छ ।
तर हाल त्रिविले भरतपुरमा रहेको बीरेन्द्र क्याम्पसबाट नै कृषि संकायमा विद्यार्थी भर्ना सुरु गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि क्याम्पस प्रमुख नियुक्ति भइसकेको छ ।

यसै वर्षबाट कृषि विषयको प्रथम सेमेस्टरमा ५० जना विद्यार्थी भर्ना गरिनेछ । हरेक वर्ष ५० जनाको दरले विद्यार्थी थपिँदै ४ वर्षमा २०० जना विद्यार्थीहरु आवासीय रुपमा अध्ययन गर्नेछन् ।

सम्पूर्ण पूर्वाधार तयार भएपछि पशु विज्ञानको विषयमा पनि अध्यापन गराइने छ ।

कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्ऽ खड्का, माओवादी केन्ऽका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बऽी तिमसल्सना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख डा. चुडाप्रसाद ढकाल, संयुक्त राष्ट्र संघ अन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन दक्षिण अपि|mकाका योजनाविद् गुञ्जनबहादुर डल्लाकोटी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment