Comments Add Comment

मालेका नेता फोरम नेपालमा

१६ साउन, काठमाडौं । सीपी मैनाली नेतृत्वको नेकपा मालेका नेताहरुको एउटा समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । नेकपा मालेका केन्द्रीय सदस्यद्वय आङ्छिरिङ शेर्पा लामा र कृष्ण शर्माको टोली फोरम नेपालमा प्रवेश गरेका हुन् ।

नेकपा मालेका केन्द्रीय सदस्यहरु शिव शिवाकोटी, अभिषेक कोइराला, केन्द्रीय पार्षद पेमा तामाङ, पार्षद बालकृष्ण विक फोरम नेपाल प्रवेश गरे । त्यस्तै, फोरम नेपाल प्रवेश गर्नेमा जिल्ला सदस्य दावा शेर्पा -दोलखा), गोकर्णका नगरसचिव मधुसुदन कुइँकेल, दोलखाका शंकर शिवाकोटी र टेकप्रसाद शिवाकोटी, मोहन थापा, कुमार बुढाथोकी, लक्ष्मीदेवी गौतम, लालमणी गौतम, पार्षद काइला तामाङ, बिष्णु जोशी, टिका बहादर मिजार र श्रीमान राई पनि प्रवेश गरेको फोरम नेपालले जनाएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई टीका लगाएर पार्टीमा भित्र्याएका छन् । पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपमहासचिव दानबहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरु गणेश योञ्जन, नहेन्द्र प्रधान, आङदेण्डी शेर्पा, भीम राई, रेखा यादव, विष्णु बस्नेत र सांसद राधा विश्वकर्माको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment