Comments Add Comment

सावधान ! ओभरडाइटिङले निम्त्याउँछ यस्तो गंभिर समस्या

जब मीठो खानेकुरा भेट्छौ, जतिसक्दो खान्छौ । कहिले कहिं भोकै पनि बसिन्छ । खानपानको यस्तो उतार-चढावले स्वास्थ्यमा असर गर्छ । कहिले पाचन यन्त्रमा एकसाथ धेरै खानेकुराको बोझ थपिन्छ भने कहिले आवश्यक पोषण तत्व अपुग हुन्छ ।

किन खाने ?

खाना खानुको खास अर्थ हो, शरीरलाई आवश्यक पोषण प्राप्त गर्नु । बाँच्नु । वा, प्राण धान्नु । तर, हामी शरीरको लागि खाना होइन, स्वादको लागि खाना खान्छौ । भोक मेटाउन खाना खान्छौ । त्यही कारण शरीरलाई कति र कुन खानेकुरा आवश्यक छ भन्ने कुरामा हामी ख्याल गर्दैनौ ।

कति खाने ?

हामीले हेक्का राख्दैनौ कि आफ्नो शरीर अनुसार कति खाना आवश्यक छ भन्ने कुरा । खानेकुरा त्यती नै खानुपर्छ, जति शरीरका लागि आवश्यक छ । बिहानदेखि बेलुकीसम्म गरिने भोजनबाट हामी प्रोटिन, कार्बोहाइड्रेट, फलाम, फाइबर लगायतका तत्वहरु ग्रहण गरिरहेका हुन्छौ, जो शरीरलाई आवश्यक हुन्छ । अतः यी सबै तत्व एकैनासको खानाबाट प्राप्त हुँदैन । त्यसको स्रोत भिन्न भिन्नै हुनसक्छ । त्यसैले सन्तुलित खानेकुरा आवश्यक हुन्छ, जसबाट सबै किसिमको पोषण तत्व प्राप्त गर्न सकियोस् ।

कसरी खाने ?

एउटा भनाई छ, ‘बिहानको खाना आफुले खानु, दिउँसो खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु ।’

अर्थात खानाको दैनिक तालिका अनुसार बिहान भरपेट खाने र त्यसपछि क्रमस घटाउँदै जानुपर्छ । यो स्वस्थ्य खानपानको सहि विधी हो । बिहान खाइने खानाले शरीरलाई दिनभरको लागि उर्जा दिन्छ । मध्यन्ह वा राती खाने खानाको मात्रा भने कम हुनुपर्छ । यदि बिहानकै अनुपातमा राती पनि खाना खाइन्छ भने त्यो स्वास्थ्यका लागि फाइदाजनक मानिदैन ।

खाना विस्तारै चपाएर खानुपर्छ । खाना खाँदा प्रशन्न हुनुपर्छ भनिन्छ । खाना खाने समय तालिका एकैनासको हुनुपर्छ । अर्थात् बिहान, मध्यन्ह, साँझ कुन समयमा खाना खाने हो, त्यसको निश्चित तालिका निर्धारण गर्नुपर्छ ।

ओभरडाइटिङ

कतिपय खानेकुराका सौखिन हुन्छन्, जसको खानेकुरा देख्नसाथ जिब्रो रसाउन थाल्छ । उनीहरु खानपानमै बढी जोड पनि दिन्छन् । विभिन्न थरीका खानेकुराको स्वाद लिन रुचाउँछन् । यद्यपी यसरी जथाभावी खानु तथा ओभरडाइटिङ गर्नु भनेको स्वास्थ्य खराब गर्नु हो ।

त्यसो त ओभरडाइटिङलाई यस्तो रोगको रुपमा लिन्छ, जसमा खानेकुरा एकदमै बढी आशक्ति हुन्छ । र, उनीहरु खानेकुराले कहिल्यै अघाउँदैनन् ।
यसले तत्कालै गर्ने हानी के छ त ?

– अधिक तौल बढ्ने ।

– पाचन प्रणाली कमजोर हुने ।

– जिउ भद्दा एवं भारी हुने ।

– कब्जियत, जलन हुने ।

– दिमाग बोझिलो हुने ।

दीर्घकालिन असर के छ त ?

– धेरै खाना खाँदा कोलोस्ट्रोरको मात्रा उच्च हुन्छ । यसले मुटुको निम्ति खतरा निम्त्याउँछ ।

– अहिले मोटोपन ठूलो समस्याको रुपमा देखापरेको छ । जब तपाई अनियन्त्रित खानुहुनेछ, मोटोपन स्वत बढ्नेछ ।

– धेरै खानेकुरा सेवन गर्दा शारीरिक तथा मानसिक थकान हुन्छ । शरीर भद्दा र बोझिलो हुन्छ ।

– ओभरडाइटिङले मधुमेहको खतरा बढाउँछ ।

– हृदय एवं रक्त वाहिकालाई प्रभावित पार्छ । ओभरडाइटिङले हृदय रोग निम्त्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment