Comments Add Comment

एनआइसि एशियाले सुरू गर्यो अनलाइन आस्वा सेवा

२२ साउन, काठमाडौं । एनआइसि एशिया बैंक लिमिटेडले साउन २२ गतेबाट अनलाइन आस्वा सेवा सुरु गरेको छ ।

 

 

बैंकले गत माघ देखि नै आस्वा सेवा प्रदान गरिरहेको भएपनि अब अनलाइनबाट पनि यो सुविधा ग्राहकले पाउने भएका हुन् ।

 

ग्राहकहरुले निशुल्क प्राप्त गर्ने यस सेवा बैंकको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर प्रयोग गर्न सक्नेछन् ।

 

बैंकमा नै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फत आइपीओ, एफपीओ तथा सामूहिक लगानी कोषमा आवेदन दिन सक्नेछन् । साथै, बैंकले सञ्चालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता खोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment