Comments Add Comment

बलात्कार आरोपमा शिक्षक पक्राउ

मानव बेचबिखनका आरोपीलाई नुवाकोट प्रहरीले समात्यो

२४ साउन, काठमाडौं । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

औरहीकै स्थानीयबासी १४ वर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले केही दिनदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।

एक वर्ष पहिले गाउँमै आरोपित शिक्षक प्रमोदले ती बालिकालाई ट्युसन पढाउने गरेको र त्यही समयदेखि बालिकालाई ललाइफकाई करणी गर्दै आएको इप्रका गौशालाले जनाएको छ ।

कक्षा ८ मा पढ्दै गरेकी ती बालिका साउन १७ गते साँझदेखि घरमा नभेटिएपछि अभिभावकले प्रहरीसमक्ष गुहार गरेका थिए ।

प्रहरीले अभिभावकको सहयोगमा बालिकालाई साउन २१ गते उद्धार गरी नेपाल ल्याएको थियो ।

बलात्कृत बालिकाको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । यता आरोपित शिक्षकमाथि जबरजस्ती करणी तथा जीउ मास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

उता, मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका नुवाकोट घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान संलग्न रहेको अभियोग लागेका २४ वर्षीय तामाङलाई नुवाकोट प्रहरीले झापाबाट पक्राउ गरेको हो ।

राम्रो काम’ लगाइदिने भन्दै एक महिलालाई भारत लैजान ‘लागेको समयमा उद्धारपछि पीडितले दिएको किटानी जाहेरीका आधारमा संलग्न पाइएपछि तामाङलाई पक्राउ गरी सोमबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिका–१ साविक घ्याङ्फेदी गाविस–७ का तामाङसहितका आठजनाले गएको असारमा नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि उनीहरुले थप अर्की एक महिलालाई समेत भारत लैजाँदै गरेको समयमा साउन १० गते प्रहरीले उद्धार गर्दै संलग्न चारजनालाई त्यही समयमा रंगेहात पक्राउ गरेको थियो ।

फरार रहेका चारमध्ये तामाङलाई झापाबाट पक्राउ गरिएको र बाँकीको पनि खोजी जारी रहेको प्रनाउ कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment