Comments Add Comment

चीनमा शक्तिशाली भूकम्प

२४ साउन, काठमाडौं । चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेले ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको जनाए पनि चिनियाँ समाचार एजेन्सीले भने ७ रेक्टर स्केलको भूकम्प उल्लेख गरेको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आएको छैन ।

सिचुआनमा सन् २००८ को मे महिनामा गएको शक्तिशाली भूकम्पबाट झण्डै ७० हजार जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment