Comments Add Comment

राष्ट्रपतिको उम्मेदवार बन्न बर्नी स्यान्डर्सद्धारा दावेदारी पेश

काठमाडौं । अमेरिकाका वरिष्ठ सिनेटर बर्नी स्यान्डर्सले २०२० मा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न आफ्नो दावेदारी पेश गरेका छन् ।

राजनीतिक क्रान्ति सुरु गर्ने उनको प्रतिवद्धता छ । साथै डोनाल्ड ट्रम्प आधुनिक इतिहासको सबैभन्दा खतरनाक राष्ट्रपति भएको टिप्पणी समेत गरेका छन् । ब्रुकलिन, न्यूयोर्कमा आफ्नो समर्थकहरुलाई सम्बोधन गर्दै स्यान्डर्सले चुनावमार्फत ट्रम्पलाई हटाउने बताएको बीबीसीले जनाएको छ ।

७७ वर्षीय स्यान्डर्स २०१६ को चुनावअघि हिलारी क्लिन्टनसँग पराजित भएका थिए ।

फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दाबेदारी पेश गर्दै उनले रोजगारी, आयस्तर र आप्रवासन नीतिमा सुधारलाई प्राथमकता दिने र सबै अमेरिकी जनतालाई एक ठाउँमा ल्याउने बताएका छन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने स्यान्डर्ससँगै १० भन्दा बढी नेता दावेदार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment