News Summary
Generated by OK AI. Editorially reviewed.- हरितालिका तीज पर्व आज देशभर मनाइँदैछ, र व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गरिरहेका छन् ।
- तीजका अवसरमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् ।
- पशुपति क्षेत्र विकास कोषले भक्तजनका लागि बढीमा दुई घण्टामा दर्शन सकिने गरी लाम र सुरक्षाको व्यवस्था गरेको छ ।
२९ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ ।
आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।
तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएका छन् ।
पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्कीसक्ने गरी लामको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको छ ।
प्रतिक्रिया 4