Comments Add Comment

चितवनमा स्वाइन फ्लूको संक्रमण तीव्र

स्क्रब टाइफसको जोखिम उत्तिकै

२६ साउन, चितवन । जिल्लामा स्वाइन फलूको संक्रमण हृवात्तै बढेको छ । स्क्रब टाइफसको संक्रमण तीव्र रुपमा बढिरहेका बेला स्वाइन फ्लू पनि तीव रुपमा बढढेपछि स्थानीय चितवनवासी त्रसित भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार १८६ जनामा गरिएको परीक्षणमा १४१ जनामा स्वाइन फलूको संक्रमण भएको पुष्टि भएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको गत जून, जुलाई र अगस्ट ४ सम्मको परीक्षणका क्रममा चितवनमा सबैभन्दा बढी स्वाइन फलूको संक्रमण भएका बिरामी भेटिएका हुन् ।

जून महिनामा ३५ जनामा गरिएको परीक्षणमा १२ जना, जुलाई महिनामा ११८ मा गरिएको परीक्षणमा ९९ जनामा र अगस्टको ४ गतेसम्म ३३ जनामा गरिएको परीक्षणमा ३० जनामा स्वाइन फ्लूको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।

भरतपुर अस्पतालमा आएका बिरामीहरुको रगत नमूनालाई काठमाडौं लगेर परीक्षण गरिएको हो । भरतपुर अस्पतालमै चितवन बाहेकका जिल्ला तनहुँ, लम्जुङ, गोरखा, नवलपरासी, धादिङबाट आएका ३६ जना बिरामीमा गरिएको परीक्षणमा थप ३१ जनामा स्वाइन फलू भेटिएको केसीले जानकारी दिए ।

भरतपुर अस्पतालमा र्‍यापिड टेष्ट गरेपनि पीसीआर परीक्षणका लागि भने काठमाडौं नै पठाउनपर्ने बाध्यता छ ।

स्वाइन फलूको परीक्षण अस्पतालमा निःशूल्क रुपमा हुँदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाले यो रोग सुँगुरबाट मानिसमा सरेको नभई मानिसबाट मानिसमा सरेको हुनाले मौसमी रुघाखोकी भन्नुपर्ने बताए ।

सन् २००९ मा विश्वभर फैलिएको स्वाइन फलूको भाइरस अहिलेपनि कायम रहेको र मौसम अनुकुल हुँदा देखा पर्ने झाले बताए ।

सामान्य अवस्थाभन्दा बढी नै ज्वरो आउने वा तीनदिनसम्म पनि ज्वरो नघटने र रुघाखोकी समेत लागेमा स्वाइन फलूको संक्रमण भएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । यसलाई मौसमी रुघाखोकी (र्इन्फ्लुएनञ्जा) अर्थात स्वाइनफ्लू पनि भनिन्छ । यो र्इन्फ्लुएनञ्जा ‘ए’ एचवानएनवान भाईरसलाई ‘स्वाइन्  फ्लू’ पनि भनिन्छ । पहिले सुंगुरबाट सर्ने भएको यसलाई ‘स्वाइन् ˆलू’ भनिएपनि हाल आएर मान्छेबाट मान्छेलाई नै सर्ने गर्दछ ।

र्इन्फ्लुएनञ्जा ‘ए’.’बी’ र ‘सी’ गरेर तीन प्रकारका हुन्छन् । जसमध्ये ‘ए’मा पर्ने एचवानए संक्रमण भए संक्रमित व्यक्तिको ज्यानै पनि जानसक्छ ।

मौसमी रुघाखोकी वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी प्रभावित हुने गरेको भरतपुर अस्पतालका चिकित्सक डा.भोजराज अधिकारीले जानकारी दिए ।

बिरामीले प्रयोग गरेको रुमाल, तौलिया, मोवाइल, चश्मा, कम्प्युटर, ल्यापटप प्रयोग गर्दा, विरामीसँग हात मिलाउँदा, जुठो खाँदा यो रोग सर्न सक्छ । विरामीले हाँछ्यू गर्दा, विरामीको एक मिटरसम्म नजिक बसेको व्यक्तिलाई हावाको माध्यमबाट सर्दछ ।

यसबाट बच्न खोक्दा, हाँछ्यू गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गर्नुपर्छ । साबुन पानीले मिचिमिची हात धुने, पोषिलो र झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउनुपर्ने डा. अधिकारी बताउछन् । विरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा जानु हुदैन् ।

जिल्ला डेंगु सामान्य, स्क्रब टाइफसको जोखिम उत्तिकै

चितवनमा यस वर्ष भने डेंगुको संक्रमण भएका बिरामी खासै नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।

डेंगुको किट केही दिन अभाव भएको भएपनि बुधबार मात्रै ४ सय किट आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा अभाव भएको डेंगुको किट र रेविजको भ्याक्सिन उपलब्ध भएको जानकारी दिए ।

जिल्लामा स्क्रव टाइफसका भने विरामी बढ्दै गएका छन् । साउनमहिना यता मात्रै गरिएको परिक्षणमा ८० जनामा स्क्रब टाइफसको संक्रमण भएका विरामी भेटिएका छन् । २९८ जनामा स्क्रब परीक्षण गरिएको थियो ।

एलाइजा किट आयो र्‍यापिड टेष्ट किट आएन ?

स्क्रब टाइफस परीक्षणका लागि भरतपुर अस्पतालमा किटको अभाव भएको २ साता भयो । बुधबार मात्रै स्क्रवको एलाइजा टेष्ट किट आएको भएपनि र्‍यापिड टेष्ट किट भने आएन ।

जिल्लाकै सबैभन्दा ठूलो भरतपुर अस्पतालमा एलाइजा टेष्ट हुदैन् । र्‍यापिड टेष्ट मात्रै हुन्छ । चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा किट दिएर निशुल्क परीक्षणको व्यवस्था मिलाउने तयारी भएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।

भरतपुर अस्पतालमा किट नहुँदा विरामीहरुको परिक्षणमा समस्या आएको सूचना अधिकारी गोपाल पौडेलले बताए । ‘अस्पतालको मेडिसिन विभागमा मात्रै सबै खालका विरामी औसत दैनिक ३०० आँउछन्’ पौडेलले भने, ‘डेंगु, स्क्रवको टेष्ट किट नै नभएपछि बाहिरका नीजि अस्पतालमा पठाउने गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment