Comments Add Comment

डिआईजी सिलवालको सुनुवाइ भदौ १५ मा

नवराज सिलवाल

२६ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्ट डिआईजी नवराज सिलवालले दायर गरेको रिटको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ । बिहीबारको पूर्ण इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ भएको छ । सरकारको पक्षबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले र प्रहरी महानिरीक्षक प्रकाश अर्यालको तर्फबाट अधिवक्ता सतीशचन्द्र खरेल, आशिष अधिकारी र सुवास आचार्यले बहस गरे ।

त्यसअघि रिट निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।

प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दर्ता गराएका थिए । अदालतको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

सिलवालले भने चार वर्षको कार्यसम्पादन एवम् मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको र वरिष्ठ पनि रहेको जिकिर रिट निवेदनमा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment