Comments Add Comment

चितवनको राप्रपा जिल्ला कमिटी नै राप्रपा प्रजातान्त्रिकमा !

२७, साउन, चितवन । राप्रपा चितवनको जिल्ला कमिटी नै राप्रपा प्रजातान्त्रिकमा समाहित हुने निर्णय गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाका निकट मानिएका बदि्र तिमिल्सिनाको नेतृत्वमा रहेको राप्रपा चितवन पशुपतिसम्शेर राणा नेतृत्वमा बनेको राप्रपा प्रजातान्त्रिकमा जाने निर्णय गरेको हो ।

राप्रपाका नेता एवम चितवनका क्षेत्र नः ५ का सांसद विक्रम पाण्डे जता लाग्छन् उतै जाने र जिल्ला पार्टी नेतृत्व एकढिक्का हुने निर्णय भएको स्रोतले जनाएको छ ।

पाण्डे राप्रपा प्रजातान्त्रिक तिर लागेका छन् । राप्रपाका जिल्ला अध्यक्ष रहेका बदि्र तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘राप्रपा जता गएपनि एकढिक्का भएर बस्छ, फुट्दैन । हामीले चितवनलाई नफुटाउने निर्णय गर्‍यौं ।’

अध्यक्ष तिमिल्सिनाले राप्रपाका नेता एवम् सांसद विक्रम पाण्डेसँगै रहने संकेत गरे । जिल्ला अध्यक्ष रहेका तिमिल्सिनाले यस्तो दावी गरेपनि राप्रपा प्रजातान्त्रिकमा जाने निर्णयमा असहमति जनाउदै संस्थापन पक्षका नेताहरुले शुक्रवार नारायणगढमा छुट्टै भेला गरेर राप्रपाको जिल्ला नेतृत्व तयार गर्दैछन् ।

राप्रपा भरतपुर महानगर कमिटीका संयोजक बिष्णुप्रसाद खरालले अहिलेको जिल्ला नेतृत्वले धोका दिएर प्रजातान्त्रिक तिर लागेकोले राप्रपाका सर्मथकहरु भेला भएर नयाँ नेतृत्व चयन गर्न लागेको बताए ।

खरालले आफै राप्रपाको जिल्ला अध्यक्ष हुने बताएका छन् । उनलाई राप्रपाका नेता जीवलाल पुरीले समेत सर्मथन गरेका छन् ।
राप्रपाको विद्यार्थी संगठनन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रपामा नै रहेको छ ।

राप्रपाको कर्मचारी संगठन, जिल्ला महिला कमिटी राप्रपा नै रहेको राप्रविसंका जिल्ला अध्यक्ष भानु खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment