Comments Add Comment

झापामा बाढीले १२ घरपरिवार विस्थापित


२७ साउन, झापा । केही दिन यता झापामा परिरहेको भारी वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा १२ घरपरिवार विस्थापित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले दिएको जानकारी अनुसार गौरीगञ्जमा ८ र झापा गाउँपालिकामा ४ गरी १२ घरपरिवार विस्थापित भएका हुन् ।

शुक्रबार कनकाई नदीमा आएको बाढीले विस्थापित गौरीगञ्ज गाउँपालिका-२ का ५ घरपरिवार अहिले आमगाछी प्राथमिक विद्यालयमा बस्दै आएका छन् ।

यसअघि बिहीबार कमल नदीमा आएको बाढीले सोही गाउँपालिकाको वडा नंं. १, सुकुम्वासी वस्तीका ३ घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै, जिल्लाको दक्षिणी क्षेत्र झापा गाउँपालिकाको वडा नं. ७, मदरगाछमा कनकाई नदी पस्दा ४ घरपरिवार विस्थापित भएको रेडक्रसका अभिशेक पोखरेलले अनलाइनखबरलाई बताए ।

उनका अनुसार विस्थापितहरु अहिले छिमेकीको आश्रय लिएर बसिरहेका छन् ।

३ सय ९ परिवार प्रभावित

त्यसैगरी, जिल्लाका ३ सय ९ घरपरिवार बाढीबाट प्रभावित बनेको बताइएको छ । रेडक्रसका अनुसार भद्रपुर नगरपालिका-१, साबिक पृथ्वीनगर-८ मा १५० परिवार डुवानमा परी प्रभावित भएका छन् ।

भद्रपुरकै भैसावाडी भन्ने स्थानमा मेची नदीमा पानीको बहाव बढ्दा १ सय ३० परिवार डुवानमा परेका छन् ।

गौरीगञ्ज गाउँपालिकाको वडा नं. १, साबिक महाभारा-९, रङ्गिया थानमा कनकाई नदीको पानी पस्दा जमिन कटान गरिरहेकाले प्रत्यक्ष रुपमा ५० देखि ६० परिवार तथा अप्रत्यक्ष रुपमा ५ सयदेखि ६ सय परिवार जोखिममा रहेको रेडक्रसले जनाएको छ ।

मेचीनगर नगरपालिका-१५, साविक ज्यामिरगढी-१, सेडाईँ वस्तीमा न्ािन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घर जोखिममा रहेका छन् भने त्यसमध्ये ६ घरपरिवार उच्च जोखिममा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment