Comments Add Comment

रियल मड्रिडले बार्सिलोनालाई हरायो, रोनाल्डोलाई रातो कार्ड

३० साउन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले गोल गर्नुका साथै रातो कार्ड पाएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ ।

स्पेनिस सुपर कपको पहिलो लेगमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ ले हराएको हो । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा नेयमार विनाको बार्सिलोना कमजोर देखियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुमै जेरार्ड पिकेले आत्मघाती गोल गरेपछि रियलले अग्रता लियो ।

७७ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे ।

८० औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पुनः अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

खेलको मार्को एसेन्सिओले गोल गरेपछि रियल मड्रिड ३-१गोल अन्तरले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment