Comments Add Comment

बन्ने भयो ‘ड्रिमगल’, अर्जुनको संगीतमा गीत रेकडिङ सुरु


चलचित्र ‘ड्रिमगल’को निर्माण हुने भएको छ । गीत रेकडिङसँगै यसको काम सुरु गरिएको छ । यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गर्दैछन् । चलचित्रका कलाकार कोहीपनि पक्का गरिएको छ । निर्देशक आचार्यले कलाकारको छनोट भैरहेको जानकारी दिए ।

आरवी मुभिजको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा रिल एन्ड रियल सिनेमाले निर्माणमा सहकार्य गर्नेछ । चलचित्रमा समावेश ‘फूल टिपेर छाड्यौ’ बोलको गीतको रेकडिङ गरिएको हो ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा अर्जुन र दुर्गा खरेलको स्वर, निर्देशक आचार्यको शब्द छ । नेपाल र दुबङमा छायांकन हुने चलचित्रलाई दशैपछि खिचिने निर्देशक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment