Comments Add Comment

पाथीभरा गोल्डकपको उपाधि चर्च व्वाइज काठमाडाैंलाई

 

३० साउन, ताप्लेजुङ । पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि चर्च व्वाइज क्लब काठमाडौंले जितेको छ ।

ताप्लेजुङमा सदरमुकामस्थित भानु जन माविको मैदानमा भएको फाइनल खेलमा सगरमाथा युवा क्लब विराटचोक मोरङलाई ३-० गोलले हराउँदै चर्च व्वाइजले उपाधि जितेको हो ।

चर्च व्वाइजलाई विजयी गराउन जाङ्बु शेर्पा, राज पौडेल र राजकुमार कन्दङ्वाले एक/एक गोल गरेका थिए ।

पहिलो हाफमा जाङ्बु शेर्पाको गोलले अग्रता लिएको चर्च व्वाइजले खेलको पूर्ण समय सगरमाथा युवा क्लबलाई दबाबमा राखेको थियो । सगरमाथाले भने पाएको मौका पनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा चर्च व्वाइजका राज पौडेल र राजकुमार कन्दङवाले गोल गरेपछि सगरमाथाले उप-विजेतामा चित्त बुझायो ।

खेलको म्यान अफ दि म्याच भने सगरमाथा युवा क्लव विराटचौक मोरङका मनोज राई भएका छन् ।

विजेता चर्च व्वाइज क्लब काठमाडौंले २ लाख ११ हजार १११ र उपविजेता मोरङले १ लाख ११ हजार १११ रुपैँया प्राप्त गरेको छ ।

गत साउन २२ गतेवाट सुरु भएको खेलमा ताप्लेजुङका दुईसहित विभिन्न जिल्लाका १० टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment