Comments Add Comment

बार्सिलोना छाड्नु मर्नु हो भन्छन् तर, म झन सजीव छुः नेयमार

३१ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट डेब्यू गरेपछि ब्राजिलियन स्ट्राइकर नेइमारले पहिले भन्दा सजीव महसुस गरेको टिप्पणी गरेका छन् ।

२५ वर्षे नेइमार कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी गएका छन् । आइतबार राति पीएसजीबाट डेब्यू गरेका नेइमारले भनेका छन्, ‘मानिसहरु सोच्छन् कि बार्सिलोना छाड्नु भनेको मर्नु हो । तर, भयो उल्टो ।’

उनले अघि भनेका छन्, ‘म सँधै भन्दा बढी सजीव छु । म खुसी छु र फुटबल त्यही हो । मात्र देश, शहर र टिम फेरिएको छ तर, फुटबल उस्तै छ ।’

आइतबार राति पिएसजीले जियनगुइनलाई ३-० ले हराउँदा नेइमारले तीनै गोलमा भूमिका निर्वाह गरे ।

सामान्यतः बायाँ साइडबाट खेल्ने नेइमारलाई प्रशिक्षक उनाइ एम्रेले मध्यक्षेत्रमा छिर्न स्वतन्त्रता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment