Comments Add Comment

स्कुल छुटेपछि बालबालिकाको स्याहार गर्दै ‘स्मल मिराकल्स’, अभिभावकलाई ढुक्क


३१ साउन, काठमाडौं । तपाईं अफिस नछुट्दै स्कुलमै बच्चा लिन जानुपर्ने र यसैकारण समय तथा अफिस म्यानेज गर्न नसकेर समस्याले पीडित हुनुहुन्छ ? कि दिउँसो ३ बजेपछिको सबै समय बच्चाको स्याहारमा लगाउनु पर्दा विभिन्न महत्वपूर्ण काम पनि गर्न नसक्ने अवस्थामा हुनुहुन्छ ? त्यसो हो भने तपाईंलाई यो समस्याको समाधान ‘स्मल मिराकल्स’ ले दिने भएको छ ।

ललितपुरको जाउलाखेलमा खुलेको ‘स्मल मिराकल्स‘ नेपालमै पहिलोपटक नयाँ अवधारणामा आएको चाइल्ड केयर सेन्टर हो । स्मल मिराकल्सले तपाईंका १ कक्षादेखि ५ कक्षासम्मका बालबालिकाको स्कुलबाट छुट्नासाथ त्यहाँ नै पुगेर पिक-अप गर्छ र आफ्नो स्याहार केन्द्रमा ल्याउँछ ।

त्यतिमात्रै होइन, स्मल मिराकल्सले विद्यार्थीलाई केयर सेन्टरमा पुर्‍याउनासाथ पोसिलो खाजा खुवाउँछ । त्यसपछि पारिवारिक वतावरण मै उसलाई पढ्न र होमवर्क र एसाइनमेन्टहरु गर्न प्रेरित गर्छ । यसले अभिभावकलाई बच्चाले होमवर्क कसरी गराउनेभन्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

यो केयर सेन्टरले बच्चालाई कुनैपनि काममा बलपूर्वक सहभागी गराउँदैन । यहाँ बालबालिकाले खेल्दै रमाउँदै पढ्न सक्ने स्मल मिराकल्सका सञ्चालक इनु पौडेलले बताइन् ।

यसले ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई स्कुल छुटेपछि अभिभावक घर नआइञ्जेलसम्म मज्जासँग केयर गर्छ । अभिभावकको अवश्यक्ताअनुसार यसले बेलुका बच्चालाई घरमा लगेर छाडिदिने गरेको छ ।

बालबालिकालाई पारिवारिक वातावरणमा नै अभ्यस्त गराएर अभिभावकको अभाव महसुस हुन नदिने गरी मिराकल्सले विभिन्न ब्यवस्थाहरु गरेको छ ।

समय ब्यवस्थापनमा सहजता

यसले सबैभन्दा सजिलो बच्चाका लागि समय ब्यवस्थापन गर्न नसकेर समस्यमा अभिभावकलाई भएको छ । किनभने धेरै अभिभावकलाई बच्चाको स्याहारका लागि महत्वपूर्ण मिटिङहरु छाड्नुपर्ने र बेलुकीका धेरै अफिसियल प्रोग्राममा सहभागी हुन नपाउने समस्या छ । सँगै ३/४ बजे नै अफिसबाट निस्किन नमिल्ने समस्याले पनि धेरैलाई सताएको हुन्छ ।

दिउँसै अफिस छोडेर हिँडुनुपर्ने बाध्यताले जागिर छोड्नुपर्ने अवस्थामा पुगेकाहरुलाई यसले निकै राहत दिएको छ । कतिपयलाई बच्चालाई विद्यालयबाट लिएर अफिसमा फर्किएर काम गर्नुपर्ने बाध्यता हुनछ ।

बच्चालाई स्कुलबाट घरमा लगेर छाड्दा पनि पनि उचित स्याहार गर्न नसकेर बालबालिकाहरु चोटपटक र दुर्घटनाको शिकार हुने समस्या पनि अहिले आम भएको छ ।

यस्तै समस्याको समाधानका लागि स्मल मिराकल्सले अभिभावकलाई उत्कृष्ट तवरले स्यहार गर्ने ग्यारेन्टीसहित यो सेवा थालेको हो ।

स्मल मिराकल्सले बालबालिकाको सुरक्षा र स्वास्थ्य तथा उचित स्याहारको प्रत्याभूतिसँगै ब्यक्तित्व विकासका लागि पनि विभिन्न प्रवन्धहरु गरेको छ ।

ब्यक्तित्व विकास गर्ने ठाउँ


त्यसैले अभिभावकले आफूले नै केयर गरेजस्तो वातावरण स्मल मिराकल्सले सिर्जना गरेको जनाएको छ । यो केयर सेन्टरमा बालबालिकालाई विभिन्न संस्कारसँगै समाजिकीकरणका विभिन्न पद्धतिमा सहभागी गराउँदै सिक्ने अवसर पनि दिइन्छ ।

सँगै म्युजिक, डान्सिङ, स्टोरीटेलिङ लगायतका माध्यमबाट बालबालिकालाई असल संस्कार सिक्न प्रेरित गर्ने गरिन्छ ।

त्यसैले पछिल्लो समयमा स्मल मिराकल्स धेरै अभिभावकको रोजाइ बन्न पुगेको छ । साना नानीबाबुहरुको उचित तवरको हेरचाह र बृत्तिविकास लागि यो अब्बल ठहरिएको छ ।

बेलुकैसम्म काममा ब्यस्त हुनुपर्ने बाध्यता भएका बाबुआमाले आफ्ना बालबालिकालाई उचित हेरचाह चाहानेका लागि यो नै एक मात्रै विकल्प भएको स्मल मिराकल्सका सञ्चालक पौडेल बताउँछिन् ।

बालबालिकाको राम्रो पढाइको बलियो जग बसाल्न र उनीहरुलाई सहज वातावरणमा सिक्ने र वृत्ति विकास गर्ने अववस्था सिर्जना गर्न आफूहरुले प्रभावकारी भूमिका खेल्ने उनले बताए । बालबालिकालाई गुणस्तरीय शिक्षा अनुशासनमा रहन पनि यसले प्रोत्साहित गर्ने गरेको छ ।

बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने काममा पनि विशेष भूमिका खेल्ने मिराकल्सले जनाएको छ । बालबालिकालाई उच्च नैतिक संस्कारसँगै समाजमा घुलमिल हुन सक्ने गरी ब्यवहारिक सीप पनि सिकाउने गरेको छ ।

अभिभावकलाई ‘ढुक्क’

विद्यार्थीको मनोविज्ञानमा आधारित भएर उसको क्षमतालाई पहिचान गर्दै त्यसैअनुसर विद्यालयले आवश्यक सिकाइलाई प्रोत्साहित गर्ने गरेको सञ्चालक पौडेलले बताइन् ।

यहाँ बालबालिकालाई खुवाइने खानेकुरा र आहारा पूर्ण रुपमा पौष्टिक हुने पनि प्रतिवद्धता स्मल मिराकल्सले गरेको छ । बालबालिकालाई हाइजेनिक फूडमा विशेष ध्यान दिएको सञ्चालक पौडेलले जानकारी दिइन् ।

यसले प्रशिक्षित नर्सिङ स्टाफबाटै बालबालिका रेखदेख गरिरहेको छ । यसैगरी जुनसुकै समयमा निगरानीसँगै उचित हेरबिचार पनि गर्ने गरिएको छ ।

बालकालिकालाई खुसी राख्दै स्तरीय र बालमैत्री वातावरणमा पढाई, सिकाई र असल संस्कार सिकाउनमा जोड दिइएको सञ्चालक पौडेलको भनाइ छ ।

बालबालिकालाई आत्मविश्वासी बनाउन उचित प्रोत्साहनसँगै सकारात्मक निगरानी पनि संस्थाले गरिरहेको छ । अभिभावकले आफ्ना बालबालिका के गरिरहेका छन् भन्ने अफिसबाटै हेर्न सक्ने गरी ब्यवस्था पनि गरिएको छ ।

सबै रुमहरुमा सीसी क्यामेरा जोडेर अभिभावकलाई स्याहार केन्द्रमा भइरहेको स्याहरा प्रत्यक्ष हेर्न सकिने ब्यवस्था पनि मिलाइएको उनले बताए । बालबालिकालाई विभिन्न सिर्जनात्मक काममा लाग्न ऊर्जा थप्ने र विभिन्न अवसरहरु सिर्जना गर्न पनि आफूहरु लागिपरेको सञ्चालक उनीे बताउँछन् ।

सँगै बालबालिकालाई खुसी साथ बस्न र रमाउन पनि स्मल मिराकल्सले विभिन्न प्रवन्धहरु गरेको छ । कुनै अर्गनाइजेशनले आफ्ना स्टाफबाट बढी उत्पादकत्व लिन चाहेमा उसले सरसल्लाहमै आफूहरुले सेवा लिन सक्ने स्मल मिराकल्सले बजनाएको छ ।

‘हामीले सुरु गरेको सेवाले ब्यक्ति तथा कम्पनीहरुको उत्पादकत्व पनि बढ्छ । आफ्ना स्टाफमा ठूलो लगानी गरेका कम्पनीले पनि यो सेवाका लागि हामीलाई सम्झन सक्छन्’ पौडेल भन्छिन्, ‘स्टाफका बच्चालाई स्याहारको ग्यारेन्टी गरेपछि स्टाफलाई ओभरटाइम दिएर धेरै जनशक्ति राख्नुपर्ने बाध्यतालाई हटाउन सकिन्छ । अभिभावकले पनि धरै आर्जन गर्दै भविष्यलाई उज्ववल बनाउन सक्छन् ।’

सीप र संस्कार

स्वच्छ वातावरणमा रहेको स्याहार केन्द्रमा स्तरीय रुम, गार्डेन, सुविधायुक्त खेलस्थान पनि छन् । यो स्मल मिराकल्समा प्रशिक्षकबाट डान्स, म्युजिक, खेलकुद, आर्ट्स, साहित्य लगायतको कक्षा लिने गरिएको छ ।

जसबाट विद्यार्थीले आफ्नो प्रतिभाको विकास गर्ने अवसर पाउँछन् । यसबाट अभिभावकलाई उत्कृष्टताको मापनको पनि अवसर मिल्छ ।

खेलकुद क्रियाकलापमा पनि स्मल मिराकल्सले जोड दिएको छ । विदाका दिनपनि सेवा दिने मिराकल्सले सांस्किृतिक संस्कार सिकाउनका लागि चाडपर्व समाजिक/सांस्कृतिक क्रियाकलाप गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment