Comments Add Comment

सिद्धार्थ बैंकको ताप्लेजुङ, बेशीसहर र जोरपाटीमा शाखा

१ भदौं, काठमाडौं । सिद्घार्थ बैंकले भाद्र १ गते बिहीबार देखि ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा आप्mनो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ सेवा र ४५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७३/०७४ को आषाढ मसान्तसम्म बैंकले रु. १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप रु. ७७ अर्ब ३१ करोड र कर्जा लगानी रु. ६६ अर्ब ६ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment